डोटीमा कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द

डोटीमा कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
Spread the love

डोटी, वैशाख २२ (ई-रैवार) 

कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सेवा बन्द गरिएको छ । डोटीको बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको हो ।

बडिकेदार गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो। गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दका अनुसार चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भयो । सोही कारण सेवा लिन आउनेलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बाहेकका सबै सेवा बन्द गरिएको हो ।

जिल्लामा हालसम्म १७३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा देखिएको कोरोना पछिल्लो समय कर्मचारीमा देखिएको हो ।

कोरोना संक्रमण समुदायमा सर्न थालेको उल्लेख गर्दै सुरक्षित रहन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले आग्रह गरे । कोरोना संक्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ।