प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत लिन सकेनन्

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत लिन सकेनन्
sf7df8f}F, @& j}zfv M k|ltlglw;ef a}7s k|wfgdGqL s]kL zdf{ cf]nL ;+3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'Fb} . tl:a/M /Tg >]i7÷/f;;
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार) 

प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।  विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४  मत परेको छ । त्यस्तै मत दिन्न भन्ने सांसदको संख्या १५ रहेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।