कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, पीसीआर परीक्षण गरेर १५ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो, पीसीआर परीक्षण गरेर १५ गते बस्ने
sf7df8f}F, !$ c;f/ M g]kfnL sfFu|]; s]lGb|o kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ a;]sf] kf6L{ kbflwsf/L a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;
Spread the love

काठमाडौं, वैशाख १२ (ई-रैवार)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको  सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक एक दिन पछाडि सारिएको छ। नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेर मात्र केन्द्रीय कार्यसमिति बैठक गर्ने भएको हो ।

आइतबार बसेको पदाधिकारी बैठकले सोमबार केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको हो । नेगेटिभ रिपोर्ट आएकाहरुको बैठक १५ गते बस्ने निर्णय भएको जनाइएको छ ।

पदाधिकारी बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको उचित व्यवस्थापन गर्ने विषयमा छलफल भएको बताइएको छ। विदेशमा रहेका महाधिवेशनका मतदातालाई अबदेखि समावेश नगर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

बैठकले ओली सरकारको विकल्प दिन कांग्रेस नेतृत्वमा हुँदै आएको पहल र छलफल सकारात्मक दिशातिर अघि बढेको निष्कर्ष पनि निकालिएको स्रोतले जनाएको छ।