काठमाडौं, असार २९ (ई–रैवार)
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । देउवा नेतृत्वको सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न स्थायी कमिटी बैठक जारी रहेको हो ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।
देउवाले पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई दुई मन्त्री दिन आग्रह गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्न बैठक जारी राखेका छन्।


