जेठ ६ गते राष्ट्रियसभा सदस्य पदमा उपनिर्वाचन हुने

जेठ ६ गते राष्ट्रियसभा सदस्य पदमा उपनिर्वाचन हुने
Spread the love

काठमाडौं, वैशाख ९ (ई-रैवार)

आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको छ। राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा निर्वाचन आयोगले उपनिर्वाचन हुने जनाएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ। सोही अनुसार उपनिर्वाचनको लागि मिति तोकिएको हो।

गत आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको सांसद पद रिक्त भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गरेका थिए।