आईपीएल : पन्जाबसँग राजस्थान पराजित

आईपीएल : पन्जाबसँग राजस्थान पराजित
Spread the love

एजेन्सी, चैत ३१ (ई-रैवार)  

पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ ।  सोमबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्समाथि ४ रनको जित निकालेको हो ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

वान्खाडे स्टेडियममा पन्जाबले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धातित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि सन्जु श्यामसनले शतकीय पारी खेले । ६३ बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । त्यस्तै जोस बट्लर र रियान प्रयागले समान २५ रन बनाए ।

बलिङतर्फ पन्जाबका लागि अर्सदिप सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहमेद श्वामीले २ विकेट लिँदा जे रिजर्डसन र रिले मेरेडिटले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।
पन्जाबका लागि केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७ चौका र ५ चक्का प्रहार गरे ।
त्यस्तै पन्जाबका लागि दीपक हुड्डाले ६४ रनको अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे ।
पन्जाबका लागि क्रिस गेलले ४० रन बनाउँदा मयंक अर्गवालले १४ रन बनाए ।