कांग्रेस अरुको नेतृत्व वा कसैलाई समर्थन गरेर सरकारमा जार्दैन – सहमहामन्त्री डा.महत

कांग्रेस अरुको नेतृत्व वा कसैलाई समर्थन गरेर सरकारमा जार्दैन – सहमहामन्त्री डा.महत
Spread the love

धनगढी, चैत्र २ (ई-रैवार)

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस अरु कसैको नेतृत्व वा अरुलाई समर्थन गरेर सरकारमा नजाने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।

सहमहामन्त्री डा. महतले भने, “त्यो अंकगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।” उनले कांग्रेस अरु कसैको नेतृत्व वा अरुलाई समर्थन गरेर सरकारमा नजाने पनि स्पष्ट पारे ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले भने, “स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ। तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन। कांग्रेस नीति र विधानको पक्षधर भएकाले संबिधान र कानुनअनुसार नै चल्ने उनको भनाई छ ।

सभापति शेरबहादुर देउवाकै नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी समेत उनले गरे । उनले थप्दै भने, वर्तमान सरकारको विकल्प जरुरी छ, लोकतान्त्रिक मुल्य र मान्यतालाई मजबुत गर्न जरुरी छ । यो सरकारबाट हुन सक्दैन। त्यो बुझेर, निष्कर्ष निकालेर नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने कुरा आयो भने हामीले नेतृत्वबाट भाग्ने कुरा आउँदैन।”

कांग्रेसको मुल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको उनले बताए । “त्यो लक्ष्यबाट दायाँबाँया गर्दैनौं,” सहमहामन्त्री डा.महतले भने । अहिले निर्वाचन नहुँञ्जेसम्मको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अंकगणितले निर्धारण गर्ने उनले उल्लेख गरे ।