काठमाण्डौँ, फागुन १४ (ईं-रैवार)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। जोशीलाई शुक्रबार बिहान मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।
जोशीको अहिले अपरेशन जारी रहेको नेविसंघ नेता सुशान्त आचार्यले बताए। जोशीको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्। स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ ।
मस्तिष्कमा पानी जमेपछि उनको शुक्रबार बिहान शल्यक्रियासमेत भएको नेपाल विद्यार्थी संघका नेता यूपी लामिछानेले जानकारी दिए । नेता जोशीको स्वास्थ्य अहिले सुधारोन्मुख रहेको उनले बताए ।
जोशीलाई सुरूमा वीर अस्पताल लगिएको थियो। शुक्रबार बिहान ३ बजे जोशीको स्वास्थ्यमा समस्या आएको थियो।


