ओली समूहले बोलायो स्थायी कमिटी बैठक

ओली समूहले बोलायो स्थायी कमिटी बैठक
Spread the love

काठमाण्डौँ, फागुन १२ (ई-रैवार) 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

आकस्मिक भनिएको बैठकको एजेन्डा भने नखुलाइएको एक नेताले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनले बताए ।

बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

सरकारको यो कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।