काठमाडौं, कार्तिक १५ (ई-रैवार)
नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर टेष्ट गर्दा ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुषगरी २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १ हजार २ सय ५७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार १ सय १३ जना, ललितपुरका १ सय ९५ र भक्तपुरका ४९ जना छन् ।
मोरङका १ सय ३८ जना, चितवन र कास्कीका १ सय ९/१ सय ९ जना, झापा र सुनसरीका ७६/७६ जना, रुपन्देहीका ७५, काभेका ७४, दाङका ४६, नुवाकोटका ३९, बाँकेका ३५, रौतहट र तनहुँका २७/२७ जना, दोलखाका २२, बाराका २१, सप्तरीका २०, धनुषाका १८, बर्दियाका १७, बाग्लुङ र नवलपरासीका १६/१६ जना, बझाङका १४, खोटाङका १३ तथा रसुवा र कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपुरका १० जना, सिराहा, सिन्धुपाल्चोक र दैलेखका ९/९ जना, धादिङका ८, सर्लाही, गोरखा र स्याङ्जाका ७/७ जना, अछामका ६, पर्सा, महोत्तरी, मकवानपुर र दार्चुलाका ५/५ जना, इलामका ४, भोजपुर, रामेछाप, लमजुङ, गुल्मी, प्युठान, सुर्खेत, डडेलधुरा र डोटीका ३/३ जना, उदयपुर, सिन्धुली, पर्वत, कञ्चनपुर र कैलालीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, पाँचथर, सोलुखुम्बु, पाल्पा, जाजरकोट, डोल्पा र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यस सँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ३१ हजार २ सय २२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५ सय ७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २ सय ९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।


