कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ३७ पुग्यो

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ९ सय ३७ पुग्यो
Spread the love

काठमाडौं, कार्तिक १५ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट नेपालमा शनिबार थप  १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ३७  पुगेको छ । यो मृत्युदर कुल संक्रमितको शून्य दशमलव ५ प्रतिशत हो ।

नेपालमा हालसम्म १ लाख ७० हजारभन्दा बढीलाई देशभर कोरोना संक्रमण भएको छ ।