वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि

वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौं, कार्तिक १२ (ई-रैवार)

वागमती प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको  हो ।

प्रदेश प्रमुख विष्णु प्रसाईले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका हुन् । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर पुगेका छन् ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताएका छन् । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।