जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ

जुवा खेलिरहेकै अवस्थामा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ
Spread the love

बझाङ, कार्तिक १२ (ई-रैवार)

वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको  जनाएका छन्  ।

प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले ७० हजार ७ सय ३० रुपैंया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।

जुवा खालबाट दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि पक्राउ गरिएको उनले बताए । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।