कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७ सय ३९ पुग्यो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७ सय ३९ पुग्यो
Spread the love

काठमाडौं, कार्तिक २ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

कोरोना संक्रमणबाट शनिबार १२ जनाको मृत्यु भएको थियो ।