आईपीएल : चेन्नईद्वारा दिल्लीलाई १८० रनको लक्ष्य

आईपीएल : चेन्नईद्वारा दिल्लीलाई १८० रनको लक्ष्य
Spread the love

काठमाडौं, कात्तिक १ (ई-रैवार) 

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्ले दिल्ली क्यापिटल्सलाई जितका लागि १८० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनायो ।  चेन्नईका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले ४७ बल खेलेका उनले ६ चौका र २ छक्काको सहयोगमा ५८ रन बनाउन सफल भए । त्यस्तै अम्बाती रायडुले ४५ रन बनाउँदाम रविन्द्र जडेजाले ३३ रनको योगदान गरे ।

चेन्नईले पहिलो ओभरको तेस्रो बलमै ओपनर साम करनलाई शून्यमा गुमाएको थियो । तुषार देशपान्डेको बलमा करन एनरिच नोर्कियाबाट क्याच आउट हुँदा चेन्नईले खातामा कुनै रन जोडेको थिएन । दोस्रो विकेटका लागि शेन वाटसन र फाफ डु प्लेसिसले ८७ रनको साझेदारी गर्दै चेन्नईको इनिङलाई अघि बढाएका थिए ।

बलिङतर्फ दिल्लीका लागि अर्निच नोर्टेजलदे दुई विकेट लिए । त्यस्तै तुसार डेसपाण्डे र कगिसो रवाडाले समान एक–एक विकेट लिए ।  आजको खेलमा जित निकाल्दै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । यता चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा रहेको छ ।