काठमाडौं, कात्तिक १ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।
कोरोना संक्रमणबाट शुक्रबार देशभर कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो । बिहीबार १९ जनाको मृत्यु भएको थियो भने बुधबार १२ जनाको मृत्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो ।
त्येसैगरी सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।


