काठमाडौं, कात्तिक १ (ई-रैवार)
नेपालमा आज थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ४ सय ३८ पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौका १ हजार ४ सय ५१ जना, ललितपुरका १ सय ५२ र भक्तपुरका १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रुपन्देहीका २सय २ जना, सुनसरीका १ सय ६३, मोरङका १ सय ४९, मकवानपुरका १ सय १९, बर्दिया र सुर्खेतका ५६/५६ जना, झापाका ५५, कास्कीका ५४, कैलालीका ४७, बाँकेका ३३, दाङका ३०, दैलेखका २९, अर्घाखाँचीका २७, रौतहटका २६, पर्साका २४, काभ्रेका २१, धादिङका २०, धनुषाका १९, नुवाकोटका १८ र बारा, पाल्पा र बझाङका १७/१७ जनामा संक्रमण देखिएको छ ।
यस्तै गोरखा र जुम्लाका १५/१५ जना, सिन्धुपाल्चोकका १४, नवलपुरका १३, सल्यानका १२, कपिलवस्तुका ११, सप्तरीका ९, सर्लाही, सिराहा, कालीकोट र कञ्चनपुरका ८/८ जना, इलामका ७, महोत्तरी, दोलखा, तनहुँ, अछाम, डडेलधुरा र बैतडीका ६/६ जना, सिन्धुली, स्याङ्जा र दार्चुलाका ५/५ जना, रुकुम पश्चिमका ४, खोटाङ, रामेछाप, नवलपुर, म्यादी, बाग्लुङ र गुल्मीका ३/३ जना, ओखलढुंगा, लमजुङ र जाजरकोटका २/२ जना तथा उपयपुर, चितवन, रोल्पा, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।
यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । जसमध्ये ७ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ । उनीहरुमध्ये २ सय ९० जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार देशभर २ हजार ६ सय ६८ कोरोना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । बुधबार २ हजार १ सय ७४ जना देशभरका विभिन्न अस्पतालहरुबाट डिस्चार्ज भएका थिए ।
बिहीबर देशभर ३ हजार ७ सय ४९ कोरोना संक्रमित थपिँदा ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
शुक्रबार देशभर ४ हजार ३ सय ९२ कोरोना संक्रमित थपिएका थिए भने ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । शुक्रबार कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।


