डडेल्धुरा, असोज २८ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा बुधबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना परीक्षण गर्दा डडेल्धुरा र दार्चुलाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दिएको जानकारी अनुसार अमरगढी नगरपालिकाका १ जना, नवदुर्गा गाउँपालिकाका १ जना र दार्चुलाको महाकाली नगरपालिकाका १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।



