डोटी, असोज २७ (ई-रैवार)
डोटी जिल्ला अस्पतालको प्रयोगशालामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ६२ जनाको कोरोना परीक्षण भएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
डोटी अस्पतालका ल्याव ईन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको शिखर नगरपालिकाका १२ जना सायल र केआइसींह गाउँपालीकाका १ / १ जनामा गरि १४ जनमा कोरोना संक्रमण पुष्टी भएको हो ।
डोटीमा सक्रिय संकमितको संख्या १ सय १२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दिपेन्द्र राज मिश्रले बताएका छन ।



