डडेल्धुरा, असोज २७ (ई-रैवार)
जबरजस्ती करणी उद्योगमा एक जना पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी एक युवतीको कोठामा पसेर बलात्कार गर्न खोजेको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायत पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरिक्षक राजेन्द्र चन्दका अनुसार युवकले रक्सी सेवन गरी आफुलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै युवतीले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन । सोही उजुरीका आधारमा राजेन्द्रलाई पक्राउ गरेको प्रवक्ता चन्दले बताए ।
पक्राउ परेको खडायतमाथि जिल्ला अदालत डडेल्धुराबाट म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चन्दले जनाएका छन् ।


