सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, असोज १५ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ३८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ४ र ५ का १– १ जना, गौरीगंगा नगरपालिका वडा नम्वर ११ का १ जना, चुरे गाउँपालिका वडा नम्वर ४ का १ जना, गोदावरी नगरपालिकाका २ जना र भजनी नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको बेलौरीका १ जना, पुनरवासका २ जना, महाकालीका १ जना, डडेल्धुराको परशुरामका १ जना र डोटीको बडिकेदारका २ जनामा संक्रमण पुष्टि भएको हो।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ९३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना र डोटीको दिपायल सिलगढी नगरपालिकाका १ पुरुषमा संक्रमण देखिएको बताए ।

बैतडीका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना पुष्टि भएको हो। जिल्ला अस्पताल बैतडीका मेडिकल रेकर्डर मोहनसिंह ठगुन्नाका अनुसार बिहिबार पुष्टि हुनेमा सुर्नया गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षीय पुरुष रहेका छन्।

जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६५ जनाको कोरोना परीक्षण भएकोमा ५ जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५५ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७ हजार ५  सय ७० पुगेको छ भने ६ हजार १ सय बढिले कोरोना जितेका छन्। २२ जना संक्रमितको मृत्यु भएको छ ।