काठमाडौं, साउन २६ (ई-रैवार)
देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो ।
बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी गराइनुपर्ने हो । किनभने, महामारीका बेला तत्काल सूचना पाउनु जनताको अधिकार पनि हो ।
तर, बैठक सकिएपछि सरकारका प्रवक्ता डा। युवराज खतिवडा चुपचाप निवासतिर लागे । मुख्यसचिव पनि माइन्युट च्यापेर बाटो लागे, अन्योल कायमै रह्यो ।
महामारीका बेलामा सरकार जनताप्रति कति संवेदनशील छ भन्ने सोमबार साँझको बैठकले स्पष्ट पारेको छ । सरकारका निर्णयहरु अपारदर्शी र गुपचुप हुने विकृत प्रचलन बढ्दै गएको छ ।
सोमबार साँझ बसेको क्याबिनेट बैठकले के–के निर्णय गर्यो त रु यसबारेमा चासो राख्दा एक मन्त्रीले भने, ‘मन्त्रिपरिषदले लकडाउन गर्ने निर्णयचाहिँ गरेको छैन, यसमा ढुक्क हुनुस् ।’
कोरोनाबारे अरु निर्णयहरु चाहिँ के–के भए त रु यातायात चल्ने नचल्ने के भयो ? पसलहरु चल्ने नचल्ने के भयो रु यो प्रश्नमा उनले भने, ‘नियुक्तिबाहेक क्याबिनेटमा भएका अन्य निर्णयहरु भोलि मुख्यसचिवजीले माइन्युटमा सच्याउन पनि सक्नुहुन्छ, त्यसैले अहिले नै यस्तै भयो भन्न मिलेन, भोलि–पर्सितिर थाहा होला ।’
अर्का एक मन्त्रीका अनुसार विभिन्न १० वटा नाकाहरुको आवत– जावतमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् । साथै त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।
लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गतेदेखि मात्र खुल्ने

सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिस अनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
सीमामा थप कडाई
मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय पनि भएको छ ।
अनलाइन खबरबाट


