काठमाडौं, असोज १० (ई–रैवार)
राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको हो ।
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट कोरोना संक्रमणको जोेखिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।
नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ । दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ । दशैंमा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्यकता पर्दछ ।


