आईपीएल : दिल्लीद्वारा चेन्‍नईसामु १ सय ७६ रनको लक्ष्य

आईपीएल : दिल्लीद्वारा चेन्‍नईसामु १ सय ७६ रनको लक्ष्य
Spread the love

एजेन्सी, असोज ९ (ई–रैवार)

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।  दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७५ रन बनाएको हो ।

दिल्लीका लागि पृथ्वि सवले अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ९ चौका र १ छक्काको सहयोगमा ६४ रन बनाएका हुन् । त्यस्तै रिशव पन्तले ३७ रन बनाउँदा शिखर धावनले ३५ रन तथा कप्तान शेयस ऐरले २६ रनको योगदान गरे ।

लिङतर्फ चेन्नईका लागि प्रिउस चावलाले दुई विकेट लिए । त्यस्तै श्याम करनले एक विकेट लिए । आजको खेलमा दिल्ली जित निकाल्दै आईपीएलमा बलियो बन्ने लक्ष्य लिएको छ ।

यता पहिलो खेलमा साबिक विजेता मुम्बईविरुद्ध जित निकालेको चेन्नई दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । त्यसैले चेन्नई आजको खेलमा पनि जित निकाल्ने योजनामा छ ।