धनगढी, असोज ३ (ई–रैवार)
मृत अवस्थामा शुक्रबार फेला परेकी रेडियोकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारहरूले आरोप लगाएका छन । धनगढीमा शनिबार पत्रकार सम्मेल्न गर्दै उनका दाजु विशाल पहराईले निर्मलाको हत्या गरिएको दाबी रेका हुन ।
‘शव हेर्दा पनि थाहा हुन्छ त्यो आत्महत्या होइन हत्या हो,’ उनले भने,’ बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ।’विगत केहि बर्ष देखि कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको कैलाली एफ.एममा कार्यरत २२ बर्षिया पहराई ३१ भदौबाट सम्पर्क विहीन भएकी थिइन् ।
उनी हराएको ३ दिन पछि घोडाघोडी नगरपालिका १० मा रहेको फूलबारी सामुदायिक बनमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको थियो।सञ्चारकर्मी पहराईको शव अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने बिशालले बताएका छन । घटनाको छानबिनको लागि प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ ।
यस्तै कैलालीका बिभिन्न नागरिक समाजद्वारा सञ्चारकर्मी पहराईको घटनाबारे छानबिनको माग गरेका छन्। दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरूलाई कारबाहीको समेत माग गरिएको छ ।


