बागलुङ -असार २२ , लियो कलब अफ धौलागिरी बागलुङ को बार्षिक कार्ययोजना अन्तर्गत बागलुङ नगरपालिका ०७ स्थित बिश्वकर्मा मा वि मा स्वास्थय सामाग्री हस्तान्तरण तथा ECO CLUB गठन गरिएको छ ।
साविक धौलागिरी कै पुरानो लियो कलब को रुपमा परिचित लियो कलब अफ धौलागिरी बागलुङ ले विगतका दिनहरू देखि नै यस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
मा विहरु मा छात्रा को समस्या लाई केही सहज होस भन्ने हेतु ले १२० पिस सेनिटरि प्याड तथा कोरोना को संक्रमण अवस्था कायमै रहेको बेला माक्स र सेनिटाईजर पनि वितरण गरिएको छ।
बिद्यार्थी हरु लाई सामाजिक कार्य मा अग्रसर बनाउन का निम्ति स्कुल स्तरीय ईको कलब गठन गरि ७ देखि १२ कक्षा सम्मका बिद्यार्थी हरुलाई प्रशिक्षण दिईएको थियो ।
ECO CLUB चिरण हमाल अध्यक्ष, करुणा कार्की उपाध्यक्ष, दिपा हमाल सचिव, सहित २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
लियो क्लब अफ धौलागिरी बागलुङ का अध्यक्ष लियो प्रवेश पौडेल को अध्यक्ष्यता, लियो ड्रिष्ट्रिक ३२५ K नेपाल का निर्देशक लियो सौरभ केसी को प्रमुख आथित्यता, लियो कलब अफ धौलागिरी बागलुङ का निवर्तमान अध्यक्ष लियो सुमन केसी को बिशिस्ट आथित्यता, विद्यालय का प्रअ अच्युत गौतम को स्वागत एवम् लियो क्लब अफ धौलागिरी का पदाधिकारी हरु उपाध्यक्ष मनिष कँडेल, सह सचिव सुगम खड्का, P.R.O. गोपाल सुवेदी, सचेतक प्रशान्त सुवेदी, सदस्य इन्चार्ज देबेन्द्र विश्वकर्मा र बिद्यालय का शिक्षकहरु को उपस्थिति तथा मनिष कँडेल को सञ्चालन मा कार्यक्रम सम्पन्न भएको छ।


