विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या करोड पार, मृतकको संख्या छ लाख नाघ्यो
Spread the love

धनगढी असार १४(ई-रैवार)
विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)का संक्रमितको संख्या एककरोड नाघेको छ । वल्र्डोमिटरले शनिवार मध्यरातदेखी संख्या एक करोड देखाएको छ ।
यो समाचार तयार पार्दा संक्रमतिको संख्या एक करोड ८१ हजारभन्दा बढी छ ।
जसमध्ये एक चौथाई संख्या ंयूक्त राज्य अमेरिकामा मात्रै छ । जहाँ २५ लाख ९६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको देखाएको छ । यस्तो दोस्रोमा ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी देखिदा तेस्रोमा रसियामा छ लाख २७ हजार, चौथोमा भारत पाँच लाख २९ हजार र पाँचौमा बेलायत तीन लाख दशहजार जनामा संक्रमण देखिएको छ ।
यस्तै स्पेन, पेरु, चीली, ईटाली र ईरान क्रमशः बढी संक्रमण हुने शिर्ष दश देशहरु देखिएका छन् ।
दक्षिण एसियाका पाकिस्तान करिब एकलाख ९८ हजार संक्रमितसहित विश्वको बाह्रौ स्थानमा रहदा, बंगलादेश एकक लाख ३३ हजार संक्रमित सहित १७ स्थानमा छ । नेपाल विश्वको ६४ औँ स्थानमा छ ।
कोरोनाभाईरस पहिलोपल्ट देखिएको छिमेकी देश चीन विश्वको २२ औँ स्थानमा छ । जहाँ ८३ हजार पाँचसयमा संक्रमण पुष्टि भएको छ ।
यस्तै विश्वभर मृतकको संख्या पनि पाँचलाख नाघेको छ । यो समाचार तयार पार्दा कुल पाँच लाख एकहजार दुईसय ९८ जना मृतक पुगिसकेका छन् । जसमा सबैभन्दा बढी एकलाख २८ हजार बढी संयूक्त राज्य अमेरिकामै मृत्यु भएका छन् ।
दोस्रोमा ब्राजिलमै ५७ हजार, तेस्रोमा बेलायतमा ४३ हजार, चौथोमा ईटालीमा ३४ हजार र पाँचौमा फ्रान्समा २९ हजारभन्दा बढीको मृत्यु भएको छ ।
दक्षिण एसियाली मुलूकमा भारतमा १६ हजार एकसयबढीको मृत्यु हुँदा पाकिस्तानमा चारहजारको मृत्यु भएको छ ।
यस्तै विश्वभर कुल ५४ लाख ५८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन्् । जसमा पनि सबैभन्दा बढी संयूक्त राज्य अमेरिकाकै करिब ११ लाख संक्रमित निको भएका छन् ।