२४ घण्टामा देशभर ४२१ नयाँ कोरोना संक्रमण पुष्टि, कुल संख्या नौहजार नाघ्यो

२४ घण्टामा देशभर ४२१ नयाँ कोरोना संक्रमण पुष्टि, कुल संख्या नौहजार नाघ्यो
Spread the love

धनगढी असार ७(ई-रैवार)

पछिल्लो २४ घण्टामा देशभर ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको काेराेना परीक्षण गरिएको छ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ९४ हजार ९२८ व्यक्ति रहेका छन्। त्यस्तै ७ हजार २३१ जना आइसोलेसनमा छन्। आइसाेलेसनमा रहेकाहरु काेराेना संक्रमित हुन्।

काेराेना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ रहेको छ। जसमा १ हजार ६२३ पुरुष र १४९ जना महिला छन्।