डोटी जेठ २०(ई-रैवार)
सायल गाउँपालिका अन्तरगतका क्वारेण्टाइनमा रहेका २६ जना भारतबाट आएकाहरूमा आरडिटी परिक्षण गर्दा ६ जनामा नतिजा पोजेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार आरडिटी पोजेटिभ देखिएकाहरुको भोली नै थ्रोट स्वाब संकलन गरेर पिसिआरका लागि धनगढी पठाइने भएको छ । समाचार तयार पार्दासम्म सायलमा आरडिटी परिक्षण कार्य जारी रहेको छ ।


