लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ

लागु औषध खैरो हिरोइन सहित कञ्चनपुरमा चार जना पक्राउ
Spread the love

महेन्द्रनगर, कात्तिक १  (ई-रैवार)

प्रहरीले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरले लागु औषध खैरो हिरोइन सहित चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले ४४ ग्राम खैरो हिरोइन जस्तै देखिने पदार्थ सहित चार जनालाई पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१ का २८ कै रमेश साउद, सोही ठाउँका २८ वर्षकै गगन शाही र २७ वर्षीय रोशन शाही पुर्नवास नगरपालिका –४ घ गाउँका २८ वर्षीय दिनेश भट्ट, रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

लागु औषध ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको संयुक्त टोलीले मोटरसाईकलमा जादै गरेका युवाहरुलाई चेक जाँच गर्दा उनिहरुबाट लागु औषध फेला परेको र पुर्नवास नगरपालिका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए । चारैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।