बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि आईसोलेशन भर्ना भएका थिए डोटीका संक्रमित

बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि आईसोलेशन भर्ना भएका थिए डोटीका संक्रमित
Spread the love

डोटी जेठ १९(ई–रैवार)
डोटीमा पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । डोटीमा समेत कोरोना संक्रमितको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना भाइरस फैलिएको छ ।
सेती प्रादेशिक अस्पताल कैलालीको प्रयोगशालामा भएको परीक्षणमा डोटीका २५ वर्षीय एकजना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । डोटीको शिखर नगरपालिका–३ घर भएका कोरोना संक्रमित व्यक्ति जेठको दोस्रो साता भारतबाट आएका थिए ।
उनी भारतबाट आएर पछि बच्चा, श्रीमती सहित क्वारेन्टाइनमा बसेको अवस्थामा शुक्रबार उनको बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । अस्पतालले त्यसपछि उनीहरुको थ्रोट स्वाव संकलन गरेर परिक्षणका लागि धनगढी पठाएको थियो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षणका क्रममा उनमा कोरोना पुष्टी भएको छ । उनकी श्रीमती र बच्चाको रिपोर्ट भने नेगेटीभ आएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
अहिले कोरोना संक्रमित व्यक्ति जिल्ला अस्पताल डोटीको आइसोलेसनमै छन् । उनी कहिले आए, कोकोसँग आए आजैबाट कन्ट्याक्ट ट्रेसिङको काम सुरु हुने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।