बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु

बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु
Spread the love

बाजुरा जेठ १८(ई-रैवार)

कोरोनाको आशंकामा बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ।  बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको हो।

अस्पतालको आईसोलेसन भर्नापछि ति बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाईसकेको अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए । यद्यपी त्यसको रिपोर्ट भने नआएको उनले बताए।

आठ दिन अघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाईनमा राखिएको थियो। अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेसनमा भर्ना गरिएको थियो। बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धीत समस्या देखिएको चिकित्सकले बताएका छन । आईसोलेसनमा आमाबुबासँगै बालिकालाई पनि राखिएको थियो।