डोटी चैत्र २६(ई-रैवार)
भारतबाट आएर डोटीका क्वारेन्टाईनमा बसेका र अन्यगरी तीनसय तीसजनाको ‘थ्रोट स्वाब’ संकलन गरेर काठमाण्डौं पठाईएको छ । क्वारेन्टाईनमा बसेका तीनसय पाँचजना र अन्य गरी तीनसय ३० जनाको नोवेल कोरानाभाईरस(कोभिड–१९)को परिक्षणका लागि बुधबार थ्रोट स्वाब संकलन गरिपठाईएको हो ।
संघीय सरकारले सामाग्री(कीट) उपलब्ध गराएपछि स्वाब संकलन गरी पठाईएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । ‘आज(बुधबार) हेलिकप्टरबाट सामाग्री पुगेपछि जिल्लाभित्रका अस्पतालमा रहेको जनशक्ती प्रयोग गरेर स्वाब संकलन गरीपठाएका छौ,’ उनले भने ।
संकलन भएकाहरुमा तीनसय पाँचजना भारतबाट आएर क्वारेन्टाईन बसेका, क्वारेन्टाईनमा सुरक्षार्थ बसेका ११ जना सुरक्षाकर्मी १३जना अन्यगरी तीन सय ३० जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
यसअघि मंगलबार डोटीमा नेपाली सेनाको टोली आएर स्वाब संकलन गर्ने कार्यक्रम थियो । तत्काल सामाग्री नपुग हुनेभएपछि संघीय सरकारले नीजि कम्पनीको हेलिकप्टर भाँडामा लिएर बुधबार जिल्लामा सामाग्री पु¥याएको थियो । ‘त्यसअघि नै हामीले जिल्लाका सरकारी र प्राईभेट सबै अस्पतालसंग रहेका जनशक्ती तयार पारेका थियौ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘अनि धमाधम हेलिकप्टर मार्फतै गएर आजै संकलन भ्याएर पठाएका छौ ।’
जिल्लामा हाल चारसय २१ जना भारतबाट आएका नेपाली नागरिकहरु क्वारेन्टाईनमा छन् । तर बुधबार क्वारेन्टाईनमा बसेका सबैको स्वाब भने संकलन हुन सकेन् । ‘चैत्र ११ गतेयता क्वारेन्टाईनमा बसेकाहरुको मात्रै स्वाब संकलन भएको छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने,‘बाँकीको पनि अनिवार्य गर्नैपर्नेछ । त्यसका लागि ‘¥यापिड किट’बाट गर्ने भन्ने छलफल भएको छ ।’ संकलित स्वाब काठमाण्डौं लगिएको छ ।
भारतबाट आएका सहित तीनसय तीस जनाको ‘थ्रोट स्वाब’ संकलन


