संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा

संघ सरकारको निर्णय प्रदेश सरकारद्वारा अवज्ञा
Spread the love

धनगढी, चैत्र ९(ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै ९ गते देखी अतिआवश्यक सेवा बाहेक सबै सरकारी तथा सार्बजनिक सेवा बन्द र भिडभाड नगर्न आह्वान गरे । तर, सुदूरपश्चिम प्रदेश सरकार भने उक्त निर्णय पहिलो दिननै अवज्ञा गर्दै सामाजिक बिकास मन्त्रालयमै भिडभाडको कार्यलाई रोकेको छैन ।
मन्त्रालयले बिभिन्न पदहरुमा स्वयम् सेवकको रुपमा कार्य गर्न इच्छुक व्यक्तिका लागि आवेदन माग सम्बन्धी सूचना आह्वान गरी भिडभाड बढाएको छ । मन्त्रालयलले मन्त्रालय परिषर भित्र नै भिडभाड गरेको र प्रदेशमा कोरोना नियन्त्रण गर्नको लागि भिडभाड नगरौ भन्ने सामाजिक जिम्मेवारी बोकेको मन्त्रलयले नै संघिय सरकारको समेत निर्णयको खिल्ली उडाएको छ । अरुलाई भिडभाड नगारौ सेल्फ आईसुलेसनमा बसौ भन्ने सुदूरपश्चिको समाजिक बिकास मन्त्रालय नै आफै आफ्नै कार्यलय परिषरमा भिडभाड गरेको स्थानीय सुरज शाहले बताए ।
यसरी बोली एकातिर ब्यबहार अर्कौ तिर गर्ने प्रदेशको समाजिक मन्त्रालय प्रति जनताले कसरी बिश्वास गर्ने भन्दै सरकारले बिबेक नपुगाएको सेवाग्रहीहरुको भनाई छ । यता समाजीक मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बहादुर कार्की स्वयमनै कोरोना भाईरसबाट बाँच्न भिडभाडा गर्नु राम्रो नभएको बताउदै भिडभाडबाट कोरोना सर्ने सम्भावना हुन्छ भन्छन् । तर मन्त्रालय कै प्राङ्गणमा भिडभाड छ । यसलाई जनता कसरी लिने रु
यस बिषयमा मन्त्रालय मै भेटिएका सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीसंग हामीले प्रतिक्रिया लिन खोज्दा आज मात्रै त हो नि भिड , म बेस्त छु अहिले बोल्दैन भन्दै यसरी कुलेलम ठोके ।