नेपालमा एकैदिन ११४ मा कोरोना पुष्टी, कुल संक्रमितको संख्या ८८६ पुग्यो

नेपालमा एकैदिन ११४ मा कोरोना पुष्टी, कुल संक्रमितको संख्या ८८६ पुग्यो
Spread the love

धनगढी जेठ १४(ई-रैवार)

नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा गरिएको परीक्षणमा आज मात्रै एक सय १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ।

संक्रमित सबै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।