‘विसु’मा अत्याधिक जोखिम !

‘विसु’मा अत्याधिक जोखिम !
Spread the love

डोटी चैत्र ७(ई-रैवार)
नयाँवर्ष नजिकिदै गएको छ । नयाँवर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘बिसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठुलो संख्यामा घर फर्कन्छन् । यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ ।
‘नेपालीहरु कामगर्ने प्रायः भारतका सहरहरुमा कोरोनाभाईरस देखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘बिसु मनाउन दिनहुँ हज्जारौँको संख्यामा नेपाली आउछन् । यस्तोमा कोरोना नआउला भनेर ढुक्क हुने अवस्था छैन् ।’
भारतमा बुधबारसम्मको तथ्याङ्कअनुसार एकसय ६० जनाभन्दा बढीमा कोरोना भेटिएको छ । तीनजनाको मृत्यु भईसकेको छ । नेपालीहरु काम गर्ने राज्यहरु दिल्ली, महाराष्ट्र, उत्तरखण्ड, कर्नाटक, गोवा, पन्जाब, हिमाचल लगायतमा यतिबेला कोरोना भेटिएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुले भारतमा अझै व्यापक मात्रामा कोरोना फैलनेसक्ने सम्भावना देखाएका छन् । यस्तोमा स्वदेश फर्कने नेपालीहरुमा संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै बढी हुने स्वास्थ्यकर्मीहरु बताउछन् । ‘बिसुको बेला सीमामा अत्याधिक चाप नै हुन्छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने,‘त्यो चापले सुदूपश्चिमलाई ठुलो जोखिम ल्याउनसक्छ ।’
पछिल्ला केहीदिनयता सरकारले सुदूरपश्चिमका मुख्य नाकाबाहेक अन्य नाका बन्द गरेको छ । मुख्य नाकामा ‘स्क्रिनिङ’ गरेर जोखिम घटाउने प्रयत्न गरिएको छ । तर त्यसले मात्रै सम्पूर्ण जोखिम न्युनिकरण गर्न नसकिने मलासी बताए । उनले भने,‘कोरोनाको ‘ईक्यूभेशन पिरियड’९संक्रमण देखिने समय० कुनै मान्छेमा दुईदिन कुनैमा १४ सम्म नि हुन्छ । यस्तो अवस्थामा स्क्रिनिङ गर्दा नभेटिएर पछि भेटिनसक्छ ।’
विसुसंगै जोखिम बढीरहेका बेला सरकारको नजर भने यसतर्फ गईरहेको छैन् । अझैपनि सरकारले सचेतनाबाहेकका पूर्वतयारीहरु पर्याप्त रुपमा गरेको छैन् । जसले जनस्तर त त्रसित छ नै, स्वास्थ्यकर्मीहरु पनि चिन्तित छन् ।
प्रदेशभरी नै स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री९पिपिई०को अभाव छ । ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु सुरक्षित ढंगबाट ‘स्वाँब’ लिने बिधिबारे अनभिज्ञ छन् । स्वास्थ्यसंस्थाहरुमा पर्याप्त औषधि तथा उपकरणहरु छैनन् । जसले स्वास्थ्यकर्मीहरु समेत त्रसित छन् ।
‘यो एकदमै छिटो संक्रमण हुने भाईरस हो, त्यसैले यसको उपचारमा संलग्न स्वास्थ्यकर्मी एकदमै सुरक्षित रहनुपर्छ,’ शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाह भन्छन्,‘यसका लागि चाहिने लुगा कुनैपनि स्वास्थ्यकर्मी र संस्थासंग छैन् ।’ यही कारण नै स्वास्थ्यकर्मीहरु बढी त्रसित रहेको उनले बताए ।
कोरोनाभाईरस संक्रमणको जोखिमको सामना गर्न सुदूरपश्चिममा ‘अन्य प्रदेशको तुलनामा राम्रो’ तयारी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलका निर्देशक डा।गुणराज अवस्थीले बताए । ‘उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै हामीले अन्य प्रदेशको तुलनामा उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने,‘त्यसैले चिन्ता मान्नुपर्दैन् ।’
चिकित्सक÷स्वास्थ्यकर्मी, औषधि÷उपकरण, उपचार स्थान सबैको उत्कृष्ट तयारी भएको उनले बताए । ‘के रु कहाँ रु अहिले नभनौ १ तर, उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने । सबैले व्यक्तिगत सरसफाईमा ध्यान दिए कोरोनाको जोखिम घटेर जाने उनले बताए । उनले भने, ‘सबै नमस्कार गरौँ । व्यक्तीगत सरसफाईमा ध्यान दिऔँ, कोरोनाको जोखिम घट्छ ।’