एकेन्द्र चन्द
डोटी चैत्र १(ई-रैवार): नेपाली कांग्रेस डोटी–काठमाण्डौ सम्पर्क समितिका सभापति दीर्घ बलायरको नीजि प्रयासमा पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
बलायरमा दीवंगत दाजुहरुको स्मृतीमा स्थापीत सीताराम–तेज स्मृती प्रतिष्ठानको आयोजनामा शिखर नगरपालिकाको गोपघाटमा दुईदिने निःशुल्क ‘दाँत तथा पाठेघर सम्बन्धी’ शिविर शविबारबाट शुरु भएको हो ।
शिविरमा मुख्यगरी महिलाको पाठेघर समस्यालाई मध्यनजर गरिएको बलायरले बताए । उनले भने,‘हाम्रो मुख्य उद्देश्य पाठेघरको समस्या भएका महिलाहरुको उपचार हो । त्यसबाहेक दाँतका बिरामीहरुलाई पनि उपचार सेवा दिईरहेका छौ ।’ आफ्नो नीजि र पारिवारिक प्रयासबाट यो शिविर सञ्चालन गरिरहेको उनले बताए । ‘मेरी आमा र भाउजु पाठेघरकै समस्याको बिरामी हुनुहुन्छ । उहाँहरुको पीडा महशुस गर्दा यस्ता थुप्रै आमा हुनसक्छन् भनेर यो शिविरको प्रयास गरेको हुँ,’ उनले भने । सीताराम–तेज स्मृती प्रतिष्ठानकै नामबाट उनले अन्य सामाजिक कार्यहरु पनि गर्दै आएका छन् ।
शिविरको उद्घाटन गर्दै शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले व्यक्तिगत प्रयासबाट शिविर सञ्चालन गरेर विपन्न समुदायका पीडित आमाहरुको उपचार गर्ने काम सह्राहनिय रहेको बताए ।
उपप्रमुख धौलीदेवी रावलले नगरक्षेत्रका आमाहरुमा तमाम स्वास्थ्य समस्या रहेको बताईन् । उनले भनीन्,‘यसमा सरकारले त प्रयास गरिहेका छ नै मनकारी व्यक्ती तथा संस्थाको सहयोग पनि आवश्यक रहेको बताईन् ।
शिविरको पहिलो दिन ५० जना पाठेघर खसेका र ९५ जना दाँतका बिरामीले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा शिखर नगरपालिकाले औषधी तथा सुजङ्ग अस्पताल, सेती डेन्टल होम र शिखर पोलिक्लिनिकले प्राबिधिक सहयोग गरेका छन् ।
शिविरमा सुजङ्ग अस्पतालमा स्त्री रोग विशेषज्ञ डा. नीता यादब र जनरल फिजिसियन डा. नितेश्वर अधिकारी तथा शिखर पोलिक्लिनिकका डा.अर्जुन खड्का उपचारमा संलग्न छन् ।
कांग्रेस नेताको नीजि प्रयासमा निःशुल्क पाठेघर उपचार शिविर


