विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखियो

विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखियो
Spread the love

काठमाण्डौँ वैशाख २०(ई-रैवार)
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ।
ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो। शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए।
शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्।
‘डेरामै आइसोलेसनमा छु,’ उनले भनेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’
उनले कोरोनाबाट बच्न सबै सजग हुनुपर्ने पनि बताएका छन्।