धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी पुस २(ई-रैवार)
सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार चारसय आठ नमूना परीक्षण गर्दा कैलालीका ३१ सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको छ ।
यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २र२ जना, टीकापुर नगरपालिकाका १ जना र केलालीकै ठेगाना नखुलेका ७ जनामा संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १र१ जना, यस्तै कञ्चनपुरकै ठेगाना नखुलेका ३ जनामा पनि संक्रमण देखिएको छ।
यसैगरी बाजुराको बडीमालिका नगरपालिकाका १४ जना र दार्चुलाका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।