धनगढी, मंसिर २३ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमण पुष्टी हुनेमा ११ महिला ३१ पुरुष रहेको जानकारी दिएका छन ।
सूचना अधिकारी श्रेष्ठले संक्रमण पुष्टी हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४ जनामा संक्रमण देखिएको जानकारी दिए।लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १/१ जनामा र बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनागरी ४२ जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


