तनहुँ मंसिर १८(ई-रैवार)
बुधबार अवरोध भएको तनहुँ ब्यास नगरपालिका बुल्दीखोलाको पुलको बिहीबार उद्घाटन गरिएको छ । सो पुलको नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम थियो ।
तर सत्तारुढ नेकपाका कार्यकर्ताकोे अवरोधपछि जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । पछि पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।
त्यसपछि नेपाली कांग्रेसले देशव्यापी बिरोध गर्दै सो पुलको उद्घाटन बिहिबार बरिष्ठ नेता पौडेलबाटै गर्ने र अवरोध गरिए संघर्षमा जाने चेतावनी दिएको थियो ।
पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए ।
२०७३ साल वैशाखमा निमाणको सम्झौता भएको पुलको लागत २ करोड ५४ लाख रुपैयाँ रहेको थियो । पुल २०७५ कात्तिक ९ गते नै निर्माण सम्पन्न भएको थियो ।
नेता पौडेलले नै गरे बुल्दीखोलाको पुलको उद्घाटन


