टि–ट्वान्टी विश्वकप : आज ‘हाइभोल्टेज’ दुई खेल हुँदै

Spread the love

काठमाडौं, कात्तिक १३ (ई-रैवार) 

युएईमा जारी टि–ट्वान्टी विश्वकपको सातौँ संस्करणअन्तर्गत आज शनिवार सुपर–१२ चरणको दुई खेलहरु हुँदैछन् । पहिलो खेल शारजाह क्रिकेट स्टेडियममा दिउँसो ३ः४५ बजे समुह ‘१’ का टिम दक्षिण अफ्रीका र श्रीलंकाबीच हुनेछ ।

त्यस्तै, दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७ः४५ बजे समुह ‘१’ कै टिम इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ ।

पहिलो खेलमा अस्ट्रेलियासंग ५ विकेटको हारपछि दोश्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै लय पाएको दक्षिण अफ्रीका सामु आज जित्दै शिर्ष–२ मा उक्लने मौका छ ।

अर्कोतर्फ पहिलो खेलमा बंगलादेश बिरुद्ध ५ विकेटको जितपछि दोश्रो खेलमा अस्ट्रेलियासंग ७ विकेटले पराजित श्रीलंका पुनः जितको लय चाहन्छ ।  आज पराजित हुने टिमको सेमीफाइनल यात्रा कठिन हुनेछ ।