सुदूरपश्चिम प्रदेशमा थप ५ जना प्रहरीमा कोरोना पुष्टि, संक्रमितको संख्या ४६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ५ जना प्रहरीमा कोरोना पुष्टि, संक्रमितको संख्या ४६ पुग्यो
Spread the love

धनगढी, भदौ २४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा थप ५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज भएको परीक्षणमा थप ५ जना प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत ४ जना र प्रदेश प्रहरीमा कार्यरत १ जना गरी पाँच जनामा संक्रमण पुष्टि भएको बताएका छन ।

निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सिंहका अनुसार यो संगै सुदूरपश्चिम प्रदेशमा संक्रमित प्रहरीको संख्या ४६ पुगेको छ । २४ जनाले कोरोना जितेका छन् भने बाँकी २२ जनाको उपचार भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।