डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्नसमेत अवरोध

डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्नसमेत अवरोध
Spread the love
जुम्ला, भदौ १९ (ई-रैवार)

डा. गोविन्द केसीलाई औषधि किन्नसमेत अवरोध गरिएको छ । सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका शुक्रवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन् ।

हाड जोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएकाले लिन जाँदा रोकिएको डा. केसीले बताएका छन । कोरोना सङ्क्रमणमा सबैको आग्रहमा सत्याग्रह रोकेपछि सिञ्जा, पातारासीलगायत क्षेत्रमा जाने योजना बनाएको र रित्तै जानुभन्दा बिरामीका लागि औषधि लगेर जान लाग्दा सुरक्षाकर्मीले भित्रै पस्न नदिएको उनले बताएका छन ।

विगत २ महिनादेखि कर्णाली प्रदेशमा रहेका डा. केसीलाई स्थानीय प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमा समेत अवरोध गर्दै आएका छन् ।