काठमाडौं, भदौ १७ (ई-रैवार)
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले महिनै पिछे पटकपटक पेट्रोलियम पदार्थमा मूल्य मूल्यवृद्धि गरेको भन्दै नेविसंघले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।
नेविसंघले प्रेस बिज्ञप्ती जारी गर्दै महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भैरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाई थप पीडा दिन र चुलो बन्द गराउन उद्धत रहेको आरोप लगाएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष राजिव ढुङ्गानाले प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘बारम्बार किन जनता मार्न खोज्दैछ सरकार रुरु बिनाकारण पटक पटक गरिएको मुल्यबृद्धि खारेज गराउन नेपाल आयल निगम र नालायक सरकारका बिरुद्ध निर्णायक दबाबको विकल्प छैन ।’



