पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन

पूर्व न्यायाधीश चालिसेको कोरोना संक्रमणबाट निधन
Spread the love

 

काठमाडौं,  भदौ १६  (ई-रैवार)

पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणका कारण निधन भएको छ । ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए ।

चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्व न्यायाधीश चालिसे गत भाद्र ११ गते अस्पताल भर्ना भएका थिए । आज बिहान ७ बजे उनको निधन भएको हो ।

उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए ।