नेपालमा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ६७ डिस्चार्ज

नेपालमा  थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि , २ सय ६७ डिस्चार्ज
Spread the love

 

काठमाडौं, भदौ १४ (ई-रैवार)

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७ सय १७ नमुना परीक्षण गर्दा ३ सय ४८ महिला र ८ सय ७३ पुरुष गरी १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३ सय ७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् ।

यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।

मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६/६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ सय ६७ जना डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६ सय १२ जना र होम आइसोलेसनमा ६ हजार ९ सय ६ रहेका छन् । आजसम्म देशभर ७ हजार ७ सय ९७ जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १२ जना, प्रदेश ५ मा २ जना र प्रदेश १ मा ३ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

४ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।