शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

शहीद भीमदत्त पन्तको ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
Spread the love

 

डडेल्धुरा, साउन १७ (ई-रैवार)

शहीद भीमदत्त पन्तको आज ६८ औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । गरीब र किसानका पक्षमा संघर्ष गर्दागर्दै तत्कालीन शासकले भारतिय सैनिकको सहयोगमा उनको हत्या गरेको सम्झनामा हरेक बर्ष साउन १७ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाइँदै आईरहेको हो ।

स्मृति दिवसको अवसरमा बिहान ७ बजे डडेल्धुराको बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको छ । यस्तै दिउँसो १ बजे अन्तरक्रिया र साँझ ७ बजे दिवप्रज्वलन गर्ने कार्यक्रम रहेको भीमदत्त स्मृति प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले जानकारी दिए ।

डडेल्धुरामा जन्मिएका शहीद पन्त जनता माथी थिचोमिचो गर्ने, शोषक सामन्तका विरुद्ध संघर्ष गर्दागर्दै विक्रम संवत् २०१० साउन १७ गते उनको हत्या भएको थियो । शहीद भीमदत्तको योगदान र विचारलाई जोगाइराख्न उनको नामबाट विभिन्न संघसंस्था र प्रतिष्ठान स्थापना गरिएका छन् ।