अछाम, भदौ ११ (ई-रैवार)
विद्युतको पोलमा चट्याङ् पर्दा ७ जना घाईते भएका छन् । २ को अवस्था गम्भीर रहेको छ । अछाम साँफेबगर नगरपालिका–१३ बाब्ला, बाहुन टोलमा विद्युतको पोलमा चट्याङ् पर्दा ७ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुधबार साँझ विद्युतको पोलमा चट्याङ पर्दा ४ घर परिवारका ७ जना घाईते भएका हुन् ।
बुधबार साँझ ६ बजे चट्याङमा परी घाईते हुनेमा ३४ बर्षीय भुवनेश्वरी जोशी, २१ बर्षीय जयन्ती जोशी, २१ बर्षीय होमराज जोशी, १३ बर्षीय गोकुल जोशी, १८ बर्षीय तिलक जोशी, १८ बर्षीय सौभाग्य जोशी र १८ बर्षीय देवश्वरी जोशी रहेका छन् । ३४ बर्षीय भुवनेश्वरी र २१ बर्षीय जयन्ती जोशीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
जिल्ला अस्पताल अछामका अनुसार घाईते द्वयको अवस्था गम्भीर रहेको छ । उनीहरुको हात खुट्टा जलेका छन् । उनीहरुको अहिले जिल्ला अस्पातल अछाममा उपचार भईरहेको छ । उनीहरु लाई बुधबार साँझ नै अछाम अस्पताल पु¥याएको हो ।


