धनगढी, भदौ ८ (ई-रैवार)
धनगढीमा ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीमा अध्यापन गराउँदै आएकी ३ जना शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायका अनुसार पहिलो पटक शनिवार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की एक शिक्षिकामा संक्रमण पुष्टि भएको थियो । आज फेरी थप २ शिक्षिकामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले ५ नम्वरकी संक्रमित शिक्षिकाको सम्पर्कमा आएका व्यक्तिको परीक्षण गर्दा थप २ शिक्षिकामा संक्रमण देखिएको बताएका छन । आज थपिएका संक्रमित शिक्षिका वडा नम्वर १ र वडा नम्वर ४ की हुन् ।
वडा नम्वर ४ की शिक्षिकाको परिवारका अन्य ३ जनालाई पनि कोरोना देखिएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। शिक्षिकाकी सासु, ससुरा र जेठानीमा पनि संक्रमण पुष्टि भएको छ ।


